शुक्रबार, असोज १६, २०८३

झ्याप्प-झ्याप्प किन गइरहेको छ बिजुली?

प्रवक्ता भट्टराईले चिसोले माग बढेपछि वितरण प्रणालीमा समस्या आउन थालेको स्वीकार गरे। ‘वितरणमा पनि समस्या देखिएको छ। काहीँ ट्रान्सफर्मरले नधानेका समस्या छन्। काहीँ ओभरलोड छ। काहीँ एउटा फेज डिस्क्नेक्ट छ,’ भट्टराईले भने, ‘पछिल्लो दुई तीन दिन यस किसिमका समस्या देखिएका छन्।’ प्राधिकरणले सकेसम्म चाँडो समस्या सामाधान गरिरहेको भट्टराईको भनाई छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- वर्षासँगै चिसो बढ्दा विद्युतको माग अत्यधिक बढेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार गत मंगलबार हालसम्मकै सबैभन्दा बढी १६ सय ९९ मेगावाट विद्युत माग भएको हो। 

‘विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ,’ प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने। विद्युत खपत गराउनका लागि विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धिका कारण यस वर्ष खपत बढेको प्राधिकरणको भनाइ छ। 

विद्युत माग बढेपछि वितरण प्रणालीमा भने समस्या देखिन थालेको छ। मंगलबार रातिदेखि नै विद्युत अपूर्ति सहज रुपमा हुन सकिरहेको छैन। झ्याप्प-झ्याप्प विद्युत आउनेजाने क्रम चलिरहेको छ। यसकास साथै मधुरो बत्ति बल्ने, लोड नधान्नेलगायतका समस्या आउन थालेका छन्। 

प्रवक्ता भट्टराईले चिसोले माग बढेपछि वितरण प्रणालीमा समस्या आउन थालेको स्वीकार गरे। ‘वितरणमा पनि समस्या देखिएको छ। काहीँ ट्रान्सफर्मरले नधानेका समस्या छन्। काहीँ ओभरलोड छ। काहीँ एउटा फेज डिस्क्नेक्ट छ,’ भट्टराईले भने, ‘पछिल्लो दुई तीन दिन यस किसिमका समस्या देखिएका छन्।’ प्राधिकरणले सकेसम्म चाँडो समस्या सामाधान गरिरहेको भट्टराईको भनाई छ।

४ पुसमा प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार गत हिउँदमा सबैभन्दा बढी विद्युत माग १५ सय ३९ मेगावाट माग रहेको थियो। 

अवरुद्ध भए जानकारी दिन अनुरोध

विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत वितरण प्रणालीमा समस्या आउने गरेको स्वीकार गर्दै समस्या आएमा प्राधिकरणमा जानकारी गराउन अनुरोध गरेको छ। प्रवक्ता भट्टराईले बिजुलीको आपुर्तिमा समस्या भए नजिकको वितरण केन्द्रमा जानकारी गराउन अनुरोध गरे। 

‘विद्युतको पैसा कहाँ तिर्नु हुन्छ त्यहाँ फोन गरेर समस्या टिपाउँदा हुन्छ। मर्मतसम्भार टिम आउँछ,’ उनले भने, ‘अहिले धेरैको कम्प्लेन आउने गरेको छ। हिउँदे वर्षाले अत्यधिक लोड भएर एउटा फेज आउट छ। काँही ट्रान्सफर्मरको समस्या देखिएकाले त्यही अनुसार मर्मतसम्भार टिम खटाउने काम पनि भएको छ।’  

फ्युज जानेलगायतका समस्या पनि देखिएकाले त्यस्ता समस्या देखिएका ठाउँमा सम्बन्धित वितरण केन्द्रमा जानकारी गराउँदा सकेसम्म चाँडै समस्या सामाधान गरिने उनको दाबी छ। 

७१ लाख युनिट विद्युत आयात

मंगलबार भएको विद्युतको मागमध्ये करिब ७१ लाख युनिट भारतबाट आयात गरिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार मंगलबार अहिलेसम्मकै पिक डिमान्ड २ करोड ९९ लाख युनिट रहेको रहेको छ। 

सोमध्ये भारतबाट ७१ लाख युनिट विद्युत आयात गरिएको प्राधिकरणको विवरण छ।

प्रकाशित: Dec 30, 2021| 20:50 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्