आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

विराटनगर‒ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मोरङमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यांलयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। 

National life

राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सांसदहरुले मतदान गर्ने छन्। मतदानमा स्थानीय तहका २७२ र प्रदेश सभाका ९२ जना सांसद मतदाता रहेका छन्। 

स्थानीय तहको मतभार १८ र प्रदेश सांसदको ४८ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकायश्प अधिकारीले बताए। उनका अनुसार प्रदेश १ मा राष्ट्रिय सभाका ३ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ। अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझाको ४ वर्षे कार्यकाल सकिन लागेको हो। कार्यकाल सकिने तीनै जना एमालेबाट निर्वाचन भएका थिए। 

प्रदेश १ मा राष्ट्रिय सभा सदस्यका लागि दुई स्थानमा मतदानको व्यवस्था मिलाईएको छ। स्थानीय तका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेश सांसदहरुका लागि बालि संरक्षण प्रयोगशालाको प्राङ्गणमा मतदानको प्रवन्ध गरिएको प्रदेश निर्वाचन प्रमुख अधिकारीले बताए । 

निर्वाचन अधिकृतको कार्यालयले विहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त भरत लम्सालले बताए । उनका अनुसार माघ १२ गते विहान ९ वजेदेखि ३ वजे सम्म मतदान हुने छ ।

Shivam cement

प्रकाशित: Dec 30, 2021| 18:40 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।