आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • नोवेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश रोक

नोवेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश रोक

नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाएका एमवीवीएसका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

विराटनगर‒ नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाएका एमवीवीएसका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ। मेडिकल कलेजले सुरक्षा गार्ड र अन्य युवाहरुको प्रयोग गरी विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको हो।

National life

जिल्ला प्रशासन कार्यालय मोरङले पुस ११ गतेदेखि पठनपाठन गर्न निर्देशन दिएपछि पठनपाठन शुरु गरेको मेडिकल कलेजले २ दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधवारदेखि पठनपाठन रोकेको थियो। अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकिएको र सबै शुल्क बुझाउनेलाई मात्र कलेजले पढाएको विद्यार्थीले बताएका छन् ।

नोवेल मेडिकल कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई भने  कलेजको माथिल्लो भवनका छुट्टै लगेर पढाउने गरिएको छ। पुस ५ गतेदेखि अतिरिक्त शुल्क नबुझाउने भनेर विद्यार्थी तथा अभिभावक आन्दोलित बनेका छन्।

प्रिन्सिपल रामहरि घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाएको विद्यार्थीको भनाइ छ । विद्यार्थीले होस्टल, बिजुली, इन्टरनेट, खानाको चर्को शुल्क तोकिएको बताए । कलेजले होस्टल अनिवार्य गरेको छ ।
कलेजले बुधबार कक्षाकोठाबाट निष्कासन गरेर पठनपाठनबाटै वञ्चित गरेको विद्यार्थीले बताएका छन्।

आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनील शर्मा अतिरिक्त २० लाख बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

Shivam cement

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन । तर, कलेज सञ्चालक सुनील शर्मा अतिरिक्त २० लाख बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा रहेको एक विद्यार्थीले बताए ।

चिकित्सा शिक्षा आयोगले मंसिर २२ गते सूचना निकाली आयोगले तोकेभन्दा बढी शुल्क नतिर्न विद्यार्थी, अभिभावक तथा सरोकारवाहरुलाई आग्रह गरेको छ । उसले आयोग निर्धारण गरेको बाहेकको अन्य शिर्षकमा शुल्क नतिर्न भनेको छ ।

प्रकाशित: Dec 30, 2021| 15:50 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।