बुधबार, जेठ २०, २०८३

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

धनगढी- आज पुसे पन्ध्र। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धूमधामका साथ मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ। 

National life

आ-आफ्नो जिल्ला अनुसार प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजा रजौटाका कथा व्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ। 

डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको छ। 

आजको रातलाई सुदूरपश्चिम पन्नरी रातसमेत भन्ने चलन छ। आजको रातमा तरुल, तेकुना, फर्सी, पिँडालु, सखरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी खाने चलन रहेको छ। 

पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि दिनभरि जङ्गलमा गएर तरुल लगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन्। पुस १५ देखि दिनहरु बिस्तारै लम्बिँदै जाने किंवदन्ती रहेको छ।

Shivam cement

प्रकाशित: Dec 30, 2021| 09:28 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।