शनिबार, वैशाख १५, २०८१

जुलुमलालले ५३ वर्षदेखि देखेको गरिबी

कलाकार जुलुमलाल चित्रकार मंगलबार साँझ प्रज्ञा प्रतिष्ठानको माथिल्लो हलमा ‘गरिब परिवार’ शीर्षक चित्रको कथा सुनाइरहेका थिए। जुन चित्र उनले वि.सं. २०२५ सालमा बनाएका थिए।
 |  बुधबार, पुस १४, २०७८

राज सरगम

राज सरगम

बुधबार, पुस १४, २०७८

काठमाडौं- कलाकार जुलुमलाल चित्रकार मंगलबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको माथिल्लो हलमा ‘गरिब परिवार’ शीर्षक चित्रको कथा सुनाइरहेका थिए। जुन चित्र उनले वि.सं. २०२५ सालमा बनाएका थिए।

triton college

उमेरको ८०औं वसन्त छिचोलिसकेका जुलुमले नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीमा ५३ वर्ष पुरानो चित्र किन राखे त? भन्छन्, ‘यो चित्र कोर्दा देखेको गरिबी र आजको गरिबीमा त्यति ठूलो अन्तर पाउँदिनँ।’

ललितपुर पाटन स्थायी घर भएका जुलुम कलाकारितामा लागेको आधा शताब्दी भयो। जीवनमा बुढ्यौलीले छोयो। आँखाबाट बाक्लो चस्मा छुट्दैन। बााउबाजेले गर्दै आएको कलाकारिता नै अँगाले जुलुमले। उनले आफ्नै मामाहजुरबा तेजबहादुर चित्रकारबाट कलाकारिता सिकेका हुन्। ४२ वर्ष अगाडि पासा आर्ट खोलेका थिए। त्यो अहिले भने छैन।

‘समाजवादको यात्रा’ शीर्षक राखेर गरिएको चित्रकलामा सहभागी हुँदा उनी खुसी छन्। भन्छन्, ‘महाधिवेशनको अवसरमा चित्रकला प्रदर्शनी राखेर कला र कलाकारको चित्त राखिदियो पार्टीले।’

corrent noodles
Metro Mart

पाटनढोका आसपासको परम्परागत घर। घरको कोठा, कोठाभित्र परिवारका सदस्यहरू अभाव र भोकसँग जुधिरहेको अवस्था उनको चित्रले बोल्छ। आधा शताब्दी अगाडि देखेको समाजको अवस्था खासै माथि उठेको लाग्दैन उनलाई। चित्रकलाकाबाट समाजवाद आउँदैन भन्ने पनि उनलाई थाहा छ। देश फेरिन राम्रो नेतृत्वकर्ता जन्मिनुपर्छ भन्ने बुझेका छन् उनले। ‘नेता राम्रो भयो भने समाजवाद आउने हो,’ उनी भन्छन्, ‘हाम्रो नेता बढी सोखिन र व्यक्तिगत स्वार्थपूर्तिका लागि दौडिने खालका भए।’

समाजवादको यात्रा शीर्षकको चित्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्याक्टर चलाएर खेत जोतिरहेका छन्। समाजवादतिर जाने लक्ष्यलाई सिर्जनात्मक पक्षले सहयोग गर्छ। चित्रमा डिजिटल र पानी रङ दुवै प्रयोग गरिएको छ। 

कलाकार झिग्मे लामा आफ्नो चित्रको साथमा।
बाजेले नेपाली कांग्रेसको झन्डा घरमा फरफराएर गर्व गरेको सम्झना छ उनलाई। तर, उनी आफू भने समयसँगै नेकपातिर ढल्किए। हाल पार्टीको घटकको रूपमा रहेको ‘अखिल ललितकला संघ’को सल्लाहकारसमेत रहेका जुलुम २००६ सालतिर पाटनढोकाको फेरो मार्दै हिँडेको जुलुसलाई अझै बिर्सिएका छैनन्। आर्मीहरू सहितको भीडले गल्ली छोपेर निस्किएको जुलुसको नारा सम्झिन्छन्, ‘हरे राम, हरे राम।’

सामन्तीहरूले लगाएको नारा र जुलुस टुङ्गिएको थाहा पाएपछि सात-आठ वर्षका बालबालिका मिलेर सामन्तका विरुद्ध नारा लगाएको पनि सम्झिन्छन् उनी। ‘‘राणाशाही तानाशाही मुर्दावाद’ भन्दै नारा लगाउँथ्यौं,’ नेपाल समयसँगको कुराकानीमा चाउरिएको अनुहारमा हाँसोका धर्सा कोर्दै उनले भने।

चित्रकलामार्फत आफ्नो गुजारा गरेका जुलुम गरिबीको नयाँ–नयाँ रूप देखिन थालेको बताउँछन्। ‘राणा शासनदेखि अहिलेसम्म वास्तविक गरिबी हट्न सकेको छैन। नीति फेरियो, नेतृत्व फेरियो। तर, जनताका दुःख र गरिबी अझै फेरिन सकेको छैन,’ उनी भन्छन्।

०००

मुगुम गाउँ–२ मुगुका ४६ वर्षीय कलाकार तथा ललितकला संघका कर्णाली प्रदेश सहसंयोजक झिग्मे लामाले ‘समाजवादी यात्राको पदचाप’ शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राखेका छन्। तीस वर्षदेखि कलाकर्ममा लागेका लामा यस महाधिवेशनमा आफ्नो चित्र प्रदर्शनमा राख्न पाउँदा अत्यन्तै खुसी छन्। अधिवेशनले चित्रकारलाई ठाउँ दिएको भन्दै उनले खुसी व्यक्त गरे।


‘स्थानीय क्षेत्रमा रहेका साधनस्रोतको सही सदुपयोग हुन पाए, आयातित वस्तुलाई भन्दा स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई सही प्रयोग गर्न सके समाज उन्नत बाटोमा लाग्नसक्छ’, लामाले भने ।  

‘समाजवादी यात्रा’ नाम दिएर गरिएको चित्रकला प्रदर्शनीमा दुई दर्जन चित्र राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्र आन्दोलनबाट घाइते भएका र कृषि क्रान्तिमा लाग्न प्रेरणा दिने खालका छन्।

‘गणतन्त्रका लागि संघर्ष’ गरेका जनताको विषय हुन्छ। जनजीविका श्रम मजदुर त्यसको असर ‘कृषि क्रान्ति’ ‘सामाजिक न्याय’ र ‘विभेदरहित समाज’को परिकल्पना चित्रमार्फत गरिएको देख्न सकिन्छ। जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपालमा समाजवादको विषय लिएर गरिएको पहिलो कला प्रदर्शनी रहेको दाबी गरेका छन्। 

‘वित्तीय पुँजीवाद’ र ‘दलाल पुँजीवाद’ शीर्षकको चित्रसहित उनका पाँच वटा चित्र प्रदर्शनीमा छन्। उनले गरिब तथा मजदुरहरू नियमित भोकसँग लड्नुपरेको र पुँजीपतिका कब्जामा रहेको बजारमाथि व्यङ्ग्य गरेका छन्। ‘कसैले भौतिक रूपमा, कसैले सिर्जनात्मक रूपमा काम गरेका छौं’, थुम्केली भन्छन्, ‘समाज भनेको राजनीति मात्रै होइन। कलामार्फत सामाजिक चित्रण गर्नु पनि हो।’

नेता तथा कार्यकर्तालाई वास्तविक समाजको चित्र कलामार्फत बुझाउन खोजेको थुम्केलीले बताए। उनी भन्छन्, ‘विश्वको साधनस्रोत पुँजीपतिको हातमा छ। रोटी र मकै, भटमास खाजा खाने बर्गलाई चाउचाउ र बिस्कुट खाने बनाइसक्यो।’

प्रदर्शनीमा ३२ वटा चित्र छन्। ती चित्र २१ कलाकारले काेरेका हुन्। भोजपुर, दाङ, मुगु, रुपन्देही र उपत्यकाका तीन जिल्लाका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन्।

समाजवादको यात्रा शीर्षकको चित्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्याक्टर चलाएर खेत जोतिरहेका छन्। समाजवादतिर जाने लक्ष्यलाई सिर्जनात्मक पक्षले सहयोग गर्छ। चित्रमा डिजिटल र पानी रङ दुवै प्रयोग गरिएको छ। परम्परागत लोककलामा सिद्धहस्त कलाकारले पनि आफ्नो शैलीलाई जीवन्त राखेर सामाजिक र राजनीतिक विषयलाई उठान गरेका छन्।


ललितकला संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको बताए। थाङ्का कलाकार लालमान लामाले ‘उज्यालो यात्रा’ शीर्षकमा तयार पारेको चित्र प्रदर्शनीको आकर्षण बनेको छ। लामाले नेपालको वर्गसंघर्ष, युद्धमा नारीको सहभागिता र उनीहरूको योगदानको विषयलाई चित्रमार्फत बुझाउन कोसिस गरेका छन्। लामा भन्छन्, ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान रहेको छ।’

कलाकार रवीन्द्र श्रेष्ठको जनमुक्ति सेना र नेपाली सेनाको रगतबाट बनाइएको चित्रले दर्शकका मन तानिरहेको छ। जसमा शान्ति समायोजनको विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

नारादमणि हार्तम्छाली, लालमान लामा, एससी सुमन, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रवीन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम बिक, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेलका चित्रहरू प्रदर्शनीमा छन्। 

महाधिवेशन प्रचारप्रसार उपसमितिको आयोजना र अखिल नेपाल ललितकला संघको संयोजनमा भएको प्रदर्शनी समाजवादउन्मुख नेपाली समाजको परिकल्पनामा आधारित छ।

प्रकाशित: Dec 29, 2021| 12:26 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।