मंगलबार, कात्तिक ११, २०८२

धनगढी उपमहानगरमा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु

धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशिला मिश्र भट्टले आमा तथा नवशिशुका लागि सुरक्षा सामाग्री किट’ हस्तान्तरण गर्दै उपमहानगरपालिकामा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु भएको घोषणा गरिन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

धनगढी- धनगढी उपमहानगरपालिकामा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु गरिएको छ। धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशिला मिश्र भट्टले आमा तथा नवशिशुका लागि सुरक्षा सामाग्री किट’ हस्तान्तरण गर्दै उपमहानगरपालिकामा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु भएको घोषणा गरिन्। 

Kumaribank

उपमेयर सुशिला मिश्र भट्टले धनगढी उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको वर्थिङ्ग सेन्टरमा पुस महिनायता सुत्केरी भएका आमालाई सुरक्षा सामाग्री किट हस्तान्तरण गरेकी हुन्। 

उपमहानगरको वडा नम्बर १९, फूलवारीमा रहेको फूलवारी स्वास्थ्य चौकी, वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र वडा नम्बर १६ घसिटामा रहेको उर्मा स्वास्थ्य चौकीमा सुत्केरी आमा तथा स्वास्थ्य केन्द्रका प्रमुखलाई सुरक्षा किट वितरणपछि बोल्दै उपमेयर सुशिला मिश्र भट्टले सुरक्षित तवरले वर्थिङ्ग सेन्टरमा महिलालाई सुत्केरी गराउन प्रोत्साहन गर्न कार्यक्रम लाभदायी हुने बताइन्। 

बाल मृत्युदर र मातृमृत्युदर रोक्नु हाम्रो उदेश्य हो उपमेयर मिश्रले भनिन्, ‘उपमेयर सुरक्षित मातृत्व कार्यक्रमले स्वास्थ्य केन्द्रमा पुगेर सुरक्षित तवरले सुत्केरी गराउन प्रोत्साहन गर्नेछ।’ उनले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन्।

कार्यक्रम सुरुको पहिलो दिन फूलवारी स्वास्थ्य चौकीलाई १०० थान, उर्मा स्वास्थ्य चौकीलाई ३० थान र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २० थान सुरक्षा सामाग्री किट हस्तान्तरण गरिएको छ। 

Metro Mart

उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले सुरक्षा सामाग्री किटमा नुहाउने साबुन १० थान, नवजात शिशुका लागि ब्लाङ्केट एक थान, आमाको लागि सल एक थान, नङ कटर एक थान, तेल एक बोटल, सेम्पु एक बोटल, काजु एक प्याकेट, झुल एक थान लगायतका सामान रहेको बताए। अरु पालिकाले अण्डा, घ्यू लगायत दिने गरेका छन् अधिकृत उपाध्यायले भने, ‘हामीले स्वास्थ्य सामाग्रीका साथै पौष्टिक आहार समेत समावेश गरेका छौं। यो नयाँ अभ्यास हो। यो देशकै नमूना कार्यक्रम हो।’

प्रकाशित: Dec 28, 2021| 18:40 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।