शुक्रबार, चैत ६, २०८२

जुम्लाका ५ हजार बढी बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

जुम्ला- जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। 

National life

जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए।  १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताएका छन्।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ। हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ। खोप कार्यक्रम जारी छ।

कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए। थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ। तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ। यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए।

जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाईसमेत मोर्डना खोप लगाइने भएको छ। जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए।

Laxmi sunrise bank
kumari

ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ।

विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १७ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रहसमेत गरिएको स्वास्थ्य संयोजक महतले बताए। जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ। यहाँका आठ स्थानीयतहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ।   रासस

प्रकाशित: Dec 28, 2021| 13:40 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्