मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अर्जुन दास हत्या प्रकरण : १० दिनपछि अन्त्येष्टि, अडियोभन्दा अघि बढ्न सकेन प्रहरी

अर्जुन दास हत्या प्रकरण : १० दिनपछि अन्त्येष्टि, अडियोभन्दा अघि बढ्न सकेन प्रहरी

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान उनका आफन्तले राखेपछि उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो।
 |  मंगलबार, पुस १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

vianetvianet

काठमाडौं- कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको १० दिनपछि अत्येष्टि गरिएको छ।

triton college

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान उनका आफन्तले राखेपछि उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलित थिए आफन्त। सोमबार जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँगको छलफलपछि शअन्त्येष्टि गर्न उनीहरु सहमत भएका हुन्। पीडित पक्ष र प्रहरी तथा जनप्रतिनिधिबीच मृतकको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च गाउँपालिकाले बेहोर्ने सहमति भएपछि अर्जुनको अन्त्येष्टि भएको हो।

घटनामा संलग्न दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्ने र परिवारलाई नगद तथा खाद्यान्नका साथै मृतकका सन्तानको उच्च शिक्षा अध्ययनको जिम्मा गाउँपालिकाले लिएको छ। साथै पीडित परिवारका एक जनालाई क्षमताअनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति पनि भएको छ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएका थिए। अघिल्लो दिन शुक्रबार करिब ५ बजेतिर घरबाट निस्केका उनी राति घर फर्केका थिएनन्। भोलिपल्ट वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए।

हत्यामा संलग्नको खोजीलाई तीव्रता दिइएको र दोषीको पहिचान भइसकेको प्रहरीले बताएको छ। आरोपित एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार छन्। घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए।

अर्जुन दासको हत्यारा पहिचान गर्न प्रहरीले अडियोको सहायता लिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ।

दासको हत्यापछि मोबाइलमा रेकर्ड भएको एउटा अडियो बाहिरिएको थियो। अडियोमा दुई युवकबीच भएको संवाद छ उक्त कुराकानीलाई आधार मान्दा छिमेकी युवकहरुबाट अर्जुनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।

National life insurance

फोन रेकर्ड मृतककी पत्नीबाट प्राप्त भएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवक तिनै हुन्, जसले अर्जुनकी पत्नीलाई फोन रेकर्ड पठाएका थिए। अडियोमा आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान उनका आफन्तले राखेपछि उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो।

घटनास्थलमा चाउचाउको खोल र ट्याब्लेटसमेत फेला परेकाले सबै जना सहमतिमै जंगल पुगेको र विवाद हुँदा हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ। मृतकको घरबाट घटनास्थल डेढ किलोमिटरको दूरीमा छ।

'अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने अपराध चिनेजानेकै व्यक्तिबाट भएको जस्तो देखिन्छ। पक्राउ परेका व्यक्तिलाई हामी सबैले चिनेका छौं। प्रहरीको अनुसन्धानमा असर पर्ने भएकाले अहिले नाम नभनौं,' एक स्थानीयले भने।

उनले मोबाइलका कारण घटना भएको हुन सक्ने बताए। उनका अनुसार मृतकको समूहका एक जनाको मोबाइल चोरी भएको थियो। त्यो मोबाइल साथीहरूबाट फिर्तासमेत भइसकेको छ। फिर्ता भएको मोबाइलको सिम तोडिएको थियो। त्यसपछि उक्त समूहका एक जना आक्रोशित बनेका थिए। त्यही प्रकरणले विवादको रुप लिँदा हत्या भएको हुन सक्ने अनुमान छ। फोन रेकर्डलाई आधार मान्दा पनि त्यही देखिन्छ।

अर्जुन सामान्य आर्थिक अवस्था भएको परिवारका हुन्। उनका बुवाआमा र दाइ रोजगारीका लागि भारतमा बस्दै आएका छन्। घरमा उनका पत्नी, छोरी र भाउजू थिए। गाउँमा उनको कसैसँग पनि दुश्मनी थिएन।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी प्रहरी प्रशासन कमजोर बनेकै कारण दिनहुँ जिल्लाको पूर्वी क्षेत्रमा अपराधका घटना बढिरहको बताउँछन्। उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति नदिलाउँदा यस्ता घटना दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। चौधरी भन्छन्, 'जिल्लाको पूर्वी क्षेत्रमा आपराधिक घटना बढेसँगै स्थानीय सर्वसाधारण चिन्तित बनेका छन्। एकपछि अर्को गर्दै व्यक्ति हत्याका विभत्स घटना सार्वजनिक हुन थालेपछि जनतामा त्रास बढेको हो। टीकापुर, लम्की, चिसापनी र जानकी गाउँपालिकासहित वरपरका क्षेत्रमा पछिल्लो पाँच महिनामा जघन्य हत्याका घटना भएका छन्।'

साउनमा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का साढे तीन वर्षका बालक विवेक विष्टको हत्या भएको थियो। गत कात्तिक १२ गते टीकापुरमै १८ वर्षीय अनुप साउदको छुरा प्रहार गरी हत्या भयो। कात्तिकमै मोहन्याल गाउँपालिकामा पनि एक युवकले स्थानीय पसलेको हत्या गरेका थिए। कात्तिक २३ गते लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भयो।

प्रकाशित: Dec 28, 2021| 06:45 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।