शुक्रबार, असोज १६, २०८३

तिलाठी कोइलाडी गाउँपालिका र खल्तीबीच सहकार्य

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ। 

साझेदारी अनुसार गाउँपालिकाले करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको छ। 

सो योजनाको कार्यान्वयनमा ‘खल्ती’ ले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्ने छ। सप्तरी जिल्लाको दक्षिणपूर्वी पूर्वी भेगमा अवस्थित तिलाठी कोइलाडी गाउँपालिकामा यसअघि सिंचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए।

यो आर्थिक अनुदान कार्यान्वयनमा आएसँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरि विभिन्न कृषिजन्य कामका लागि विद्युतीय उपकरणहरु प्रयोग गर्न सक्नेछन्। यस योजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान एक हजार दुई सय रुपैयाँ कृषि मीटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल ५० रुपैयाँ अनुदान दिने गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए।

प्रकाशित: Dec 27, 2021| 12:56 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्