काठमाडौं– ड्याट्सन गाडीको राष्ट्रव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ । यही डिसेम्बर २६ देखि २८ तारिखसम्म देशका प्रमुख सहरहरूमा सर्भिस क्याम्प आयोजना हुने जनाइएको छ ।
सर्भिस क्याम्पमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० चेक पोइन्ट, ८० प्रतिशतसम्म एक्सेसरिजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट पाइने जनाइएको छ ।