शुक्रबार, असोज १६, २०८३

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंकले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं–  लक्ष्मी बैंकले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड पुगेको छ । बैंकको साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण माथि छलफल गरी स्वीकृत गरेको छ ।

बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । गत आवमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको  थियो।


प्रकाशित: Dec 27, 2021| 14:15 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्