शुक्रबार, असोज १६, २०८३

अंग्रेजी नयाँ वर्षमा आइएमईको उपहार योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा उपहार योजना ल्याएको छ ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा उपहार योजना ल्याएको छ ।

स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत ४ देशहरुवाट चारजना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहारस्वरूप प्राप्त गर्ने जनाइएको छ । 

त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चारजना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनेछन् । योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ सम्म ४३ दिनको हुने आईएमइले जनाएको छ । 


प्रकाशित: Dec 27, 2021| 13:30 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्