शुक्रबार, असोज १६, २०८३

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औँ संस्करणको पोखरा सडक महोत्सव यही पुस १५ गतेदेखि हुने भएको छ ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– २३औँ संस्करणको पोखरा सडक महोत्सव यही पुस १५ गतेदेखि हुने भएको छ ।

कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै ‘पोखरा खुल्दै छ’ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन र पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

सडक महोत्सव पुस १५ देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिब तीन किमि क्षेत्रमा आयोजना हुनेछ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन गरिने महोत्सव संयोजक नरेश भट्टराईले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रालिकालीन कन्सर्ट, बोट रेस, खुला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, ह्वीलचियर रेस प्रतियोगिता, संस्थागत भलिबल प्रतियोगिता, टग अफ वारजस्ता आकर्षण महोत्सवमा रहने जनाइएको छ ।


प्रकाशित: Dec 27, 2021| 12:55 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्