काठमाडौं– शिवम् सिमेन्टले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरूमा निर्माण कर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रमा गरेको छ । निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा एक हजार भन्दा बढी निर्माण कर्मीहरूसँग परामर्श तथा उनीहरूको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको हो ।
अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यससँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५०० बढी निर्माण कर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको पाँच लाख बराबरको जोखिम बहन बिमा गरिसकेको छ ।