शुक्रबार, असोज १६, २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोकबारको मूल्य प्रतितोला ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १००ले बढेर ९३ हजार २०० पुगेको छ। अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोकबारको मूल्य प्रतितोला ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।

त्यस्तै सोकबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १०ले घटेर एक हजार २५० रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: Dec 27, 2021| 12:26 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्