मंगलबार, भदौ २, २०८३

आज वर्षा र हिमपातको सम्भावना

सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले जनाएको हो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भेगमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले जनाएको हो।

सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। राति पनि पहाड तथा तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली हुनेछ। सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रक ५ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रकाशित: Dec 27, 2021| 08:51 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।