मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कर्मचारीको मृत्यु

स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कर्मचारीको मृत्यु

दशरथचन्द नगरपालिका-४ बाडीलेक घर भएका ठगुन्नाको हृदयघातका कारण मृत्यु भएको हो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

बैतडी- स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कार्यालय सहयोगी चन्द्रसिंह ठगुन्नाको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-४ बाडीलेक घर भएका ठगुन्नाको हृदयघातका कारण मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार आइतबार बिहान १० बजेतिर कार्यालय आउने बेला बाटोमै ढलेका ठगुन्नालाई तत्कालै जिल्ला अस्पताल ल्याइएको र जिल्लामा उपचार सम्भव नभएपछि लागि धनगढी लैजादै गर्दा दिउँसो १ बजे पाटन नजिक बाटोमै मृत्यु भएको हो।

मृतकको शव घरपरिवारको जिम्मा लगाइएको र सोमबार मात्रै अन्तेष्टि गरिने भएको छ।

प्रकाशित: Dec 27, 2021| 07:30 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।