शुक्रबार, असोज १६, २०८३

नेप्से ७१.२० अंकले बढ्यो

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ७१.२० अंकले वृद्धि भएर २५९१.४२ अंकमा पुगेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ७१.२० अंकले वृद्धि भएर २५९१.४२ अंकमा पुगेको छ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको कारोबार भएको छ। पछिल्ला केही कारोबार दिन २–३ अर्बमा सीमित हुन पुगेको कारोबार आइतबार ५ अर्ब नाघेको हो।्

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको आज एकै दिन ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख, नेपाल लाइफ इन्स्यारेन्सको १९ करोड ७ लाख, शिवम् सिमेन्ट्सको १५ करोड ५२ लाख र नेपाल टेलिकमको १३ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ।

प्रकाशित: Dec 26, 2021| 15:55 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्