मंगलबार, कात्तिक ११, २०८२

धनगढीका चार किशोरले बनाए 'इलेक्ट्रिक कार'

कैलालीका चारजना किशोर मिलेर इलेक्ट्रिक कार बनाएका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

धनगढी– कैलालीका चारजना किशोर मिलेर इलेक्ट्रिक कार बनाएका छन्। जिल्लाको धनगढीस्थित एक्सिस विद्या आश्रममा कक्षा १० मा अध्ययनरत रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले इलेक्ट्रिक कार बनाएका हुन्। 

Kumaribank

उनीहरुले चार महिना लगाएर डेढ लाख खर्चमा इलेक्ट्रिक कार बनाउन सफल भएको बताएका छन्। कोभिड–१९ को दोश्रो लहर सुरु भएसँगै जिल्लामा जारी निषेध आदेशलाई सदुपयोग गर्दै कार बनाउन सफल भएको सक्षम रेग्मीले बताए। ‘हामीले चार जना साथीको समूहलाई सार नाम दिएका छौं। त्यही सार समूहले बनाएको इलेक्ट्रिक कारको नाम सार–अल्फा नामाकरण गरेका छौं,’ रेग्मीले भने। 

सार समूहका आदित्य जोशीले भने, ‘‘३ वर्षदेखि हामी रिसर्चमा थियौं। हामीले लकडाउनलाई सदुपयोग गर्दै कार बनाउन सफल भयौं दिनरात मेहनत गरेर काम गर्यौं। अहिले सडकमा कार गुडाउन सफल भएका छौं।’

ब्याट्री र मोटरबाहेक सबै सामान आफैंले बनाएको ऋषिकेश थापाले बताए। ‘ब्याट्री र मोटर बनाउन लागिरहेका छौं। हामीलाई साथ र सहयोगको खाँचो छ। अहिले हामीले कारलाई अझ उत्कृष्ट बनाउन लागि रहेका छौं,’ उनले भने। 

अर्का किशोर रोहित ऐरले भने, ‘हामीले यस्तो बनाएका छौं भनेर सबैलाई देखाउन सार–अल्फा बजारमा ल्याएका छौं। सहयोग चाहियो हामी गर्न सक्छौं। योभन्दा अझै राम्रो बनाउन सक्छौं। नेपालमा अफरोड गाडी बढी रुचाइन्छ। रोजाइ र यहाँको सहजतालाई ध्यानमा राखेर हामीले इलेक्ट्रिक कारमा सस्पेन्सन सिस्टम जडान गरेका छौं। लगानी र गाडीका लागि चाहिने पार्टसको अभावका कारण कवाडबाट सामान खरिद गरेर त्यसैलाई प्रयोग गरेर कार निर्माण गरेका छौं।’

Metro Mart

प्रकाशित: Dec 26, 2021| 14:55 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।