शुक्रबार, असोज ३०, २०८३

सर्पले टोकेपछि अस्पताल भर्ना भएका सलमान खान डिस्चार्ज

खानको हतमा सर्पले डसेको थियो। यसपछि उनलाई मुम्बईकै अस्पतालमा भर्ना गरिएको थियो। खान अहिले घरमै आराम गरिरहेका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

मुम्बई- सर्पले टोकेपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता सलमान खानलाई डिस्चार्ज गरिएको छ। शनिबार राती पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेपछि अस्पताल भर्ना गरिएको थियो।

खानलाई अविषालु सर्पले टोकेको र गम्भीर स्वास्थ्य समस्या नदेखिएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले उल्लेख गरेको छ। 

खानको हतमा सर्पले डसेको थियो। यसपछि उनलाई मुम्बईकै अस्पतालमा भर्ना गरिएको थियो। खान अहिले घरमै आराम गरिरहेका छन्। 

'शनिबार राती आफ्नै फार्म हाउसमा उनलाई सर्पले टोकेको थियो। यसपछि आइतबार बिहान उनलाई अस्पताल भर्ना गरियो। अस्पतालमा ६ घण्टा रहेपछि डिस्चार्ज गरिएको छ,' अभिनेता खान निकट स्रोतले भनेको छ। 

सोमबार खानको ५६औँ जन्मदिन परेको छ। जन्मदिनको २ दिन अघि मात्र खानलाई सर्पले टोकेको हो। गत महिना मात्र उनले अभिनय गरेको फिल्म 'अन्तिम' रिलिज भएको थियो।  

प्रकाशित: Dec 26, 2021| 14:47 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।