शुक्रबार, असोज ३०, २०८३

सन्जीव पोखरेलको 'एक अनि शून्य' सार्वजनिक

सन्जीव पोखरेलको पश्चिमी दर्शनमा आधारित नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– सन्जीव पोखरेलको पश्चिमी दर्शनमा आधारित नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुला र सानो भेलाबीच सार्वजनिक भएको हो। 

यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रीत रहेको छ, जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन्। लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापित गरेका हुन्।

‘मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ। मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन्, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदिक्षा हो,’ लेखक पोखरेलले भने, ‘यस पुस्तकमा मैले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरुलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको छु। यसको अर्थ पाठकहरुले ज्ञानका प्रश्नहरुलाई बुझुन् र आत्मसात गरुन् भन्ने हो।’

सार्वजनिक पुस्तकका बारेमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता विष्णु सापकोटाले भने, ‘पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका छन्। तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ। साथै, यो पुस्तकको विशेषता भनेको के पनि हो भने यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ।’

यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो। प्रकाशन नेपालयकी प्रकाशकीय सम्पादक भूषिता बशिष्ठले भनिन्, ‘विभिन्न प्रतिकुलता हुँदा हुँदै पनि प्रकाशकका हिसाबले हामीले यो पुस्तकलाई प्रकाशन गर्नैपर्ने पुस्तकका रुपमा बजारमा ल्याउनु एउटा सचेत निर्णय थियो। आजको युगमा हरेक सूचना र समाचारको आयू केही निमेषको मात्र छ, हामी अर्को महामारीको दोसँधमा छौं– विस्मृतिको महामारी। अहिलेको संसारको कोलाहलमा हराएका हामीलाई अल्झाउने कतिपय प्रश्नहरू पहिले नै चर्चा र विघटन भइसकेका छन् भन्ने तथ्यलाई सम्झन गाह्रो छ। त्यसैले, यो पुस्तकले हामीलाई राजनीति र दर्शनमा समसामयिक प्रवचनबाट अनावश्यक आवाजहरू विघटित गर्न मद्दत गर्दछ।’

पुस्तकले विगत तीन हजार वर्षको पश्चिमी बौद्धिक इतिहासको रूपरेखा प्रस्तुत गर्दछ र कसरी विचारहरू बनाइयो, विघटन भयो र पुनः उत्पन्न भयो भनेर देखाउँदछ। ‘एक अनि शून्य’को मूल्य नेपाली बजारका लागि ४९५ रुपैयाँ तोकिएको र देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने प्रकाशकले जनाएको छ। ईबुकको प्रतिलिपि भने थुप्रैडटकमबाट किन्न सकिने बताइएको छ।

प्रकाशित: Dec 26, 2021| 11:10 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।