धनगढी- दार्चुलामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको महाकाली नगरपालिका-४ बंगाबगरकी २३ वर्षीया पूजा महरा शनिबार आफ्नै सुत्ने कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।