सोमबार, फागुन २५, २०८२

मलेसियाको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

National life
Laxmi sunrise bank
kumari

क्वालालम्पुर- मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन्। बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन्। बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन्।

बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ। प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ। उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो।

बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ।

प्रकाशित: Dec 26, 2021| 08:17 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।