मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज पहाडि क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने

आज पहाडि क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो।

पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात भइरहेको र तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अपिलसमेत गरेको छ।

प्रकाशित: Dec 26, 2021| 08:10 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।