मंगलबार, भदौ २, २०८३

एसीसी एसिया कपमा आज नेपालको खेल श्रीलंकासँग

एसीसी यू १९ एसिया कपमा आज नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– एसीसी यू १९ एसिया कपमा आज नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ। यूएईको सारजाह रंगशालामा स्थानीय समयअनुसार ९ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार बेहोरिसकेको छ। त्यसैले आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा नेपाल छ। सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई कम्तीमा एक जितको आवश्यक पर्छ।

त्यसैले नेपाले जितको लक्ष्यसहित आज मैदान उत्रने छ। तर, श्रीलंकाविरुद्ध जित निकाल्नु नेपालका लागि ऐतिहासिक सफलता हुनेछ। र, त्यो सजिलो पनि छैन।

नेपाले बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतका सामना गर्नेछ। नेपाल र कुवेतबीचको खेल डिसेम्बर २८ मा हुनेछ।

यता पहिलो खेलमा नै श्रीलंकाले कुवेतविरुद्ध सानदार जित दर्ता गरिसकेको छ।

प्रकाशित: Dec 26, 2021| 07:47 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।