सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न आह्वान

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न आह्वान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई "नष्ट" गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेकी छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई "नष्ट" गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेकी छन्।

National life

उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएको तोलो न्यूजले  जनाएको छ।

जो-२० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूलाई पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ," पुटिनले टास समाचार एजेन्सीलाई बताए।

राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गरे। उनले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाएका छन्।

उनले भने, 'सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक,  मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ,  अन्यथा [देश] भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ।’

Laxmi sunrise bank
kumari

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताएका छन्।

पुटिनले भने, 'अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ।'

यसबाहेक, उनले काबुल र मस्कोबीचको सम्बन्ध "सम्भव राम्रो तरिकाले", विकास हुने बताएका छन्। 'यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ,' पुटिनले थपे।

प्रकाशित: Dec 26, 2021| 00:05 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।