सोमबार, फागुन २५, २०८२

पीटीआई नेताको गोली हानी हत्या

पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

इस्लामावाद - पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ।

National life

 घटना दिउँसोको समयमा भएको बताइएको छ। उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएका बताइएको छ। 

रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनी नजिकै एक विवादित जमिनका बिषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ। आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ। 

पीटीआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उहाँमाथि आक्रमण भएको हो। 

Laxmi sunrise bank
kumari

पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ। घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ। 

प्रकाशित: Dec 25, 2021| 23:30 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।