शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महामारीका समय 'जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

महामारीका समय 'जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन्।

National life

कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि सबै सम्बन्धित पक्षहरूबीचको सम्वाद महत्वपूर्ण विकल्प भएको उनले बताए।

'महामारीको यो समयमा सामाजिक सम्बन्धका लागि हाम्रो क्षमता लाई एकदमै अधिकतम प्रयोग गर्ने प्रयास गरिएको छ,' सेन्ट पिटर्स स्क्वायरमा भेला भएका क्रिश्चियन धर्मावलम्बीहरूलाई क्रिसमस सन्देश दिँदै उनले भने। 

उनले कुनै पक्ष वा मुलुकलाई स्पस्ट संकेत नगरिकन दोहो¥याए,'कामबाट पछि हट्ने प्रवृति बढिरहेको छ। यो समग्र मानव जातिको हित र विकासका लागि घातक हुन्छ।' 

उनले भने, 'विश्व समुदायमा पनि वार्ताबाट समस्याको समाधान खोज्ने अभ्यास कम भएको छ । वार्ताले नै द्वन्द्वको समाधान गर्न र सबैका लागि चिरकालीन लाभ ल्याउन सक्छ।'

प्रकाशित: Dec 25, 2021| 23:00 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।