काठमाडौं- फिल्म 'बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन्। यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ। आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ।
मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ। फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन्।
फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन्। यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन।
अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन्। उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन्।
अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन्। निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन्।