सोमबार, फागुन २५, २०८२

को बन्ला नयाँ जेम्स बोण्ड ?

डेनियलले आफ्नो ‘जेम्स बोण्ड’ करियरमा केही उत्कृष्ट फिल्महरु दर्शकलाई दिए। त्यही कारण अब आउने नयाँ ‘जेम्स बोण्ड’लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- पाँच फिल्म र एक शंकास्पद पिंक टक्समा अभिनय गरेको १६ वर्षपछि डेनियल क्राग अर्थात् ‘जेम्स बोण्ड’को कार्यकाल सन् २०२१ को सुरुमा नै सकियो। डेनियलले आफ्नो ‘जेम्स बोण्ड’ करियरमा केही उत्कृष्ट फिल्महरु दर्शकलाई दिए। त्यही कारण अब आउने नयाँ ‘जेम्स बोण्ड’लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ।

National life

यो एक अत्यन्त महत्वपूर्ण कास्टिङ निर्णय हो। बक्सअफिसमा राजस्वको ठूलो रकम संकलन गर्न सही अभिनेता छनोट गर्न अतिआवश्यक भइसकेको छ।

'नयाँ बोण्ड भनेको रातो कार्पेटमा सुटमा सजिएर हिँड्नुमात्र होइन, ऊ एक फिल्म स्टार, फिल्म र सिरिजको एम्बेसडर, मिडिया कुटनीतिज्ञ, बृटिस संस्कृतिको अभिषिक्त छोरा र एक अर्ब डलरको इकोसिष्टमको अनुहार हुनुपर्छ’, 'क्याचिङ बुलेट्सः मेमोर्स अफ ए बोण्ड फ्यान’का लेखक मार्क ओ कोनेल भन्छन्, 'उसलाई जेम्स बोण्डको रुपमा संसारको सबै कुनाहरुमा तुरुन्तै चिन्न सकिन्छ। ऊ राम्रो देखिने, क्यामरा होल्ड गर्न र फूटबल पिचको आकारमा फिल्मको पर्दामा हावी हुन सक्नुपर्छ।’

केही वर्षयता धेरै अभिनेताहरु बोण्डको उम्मेद्वारका रुपमा चर्चामा छन्। निर्माता बार्बरा ब्रोकोलीले एक वर्षअघि एक अन्तरवार्तामा ‘जेम्स बोण्ड जुनसुकै रंगको हुनसक्छ, तर उनी पुरुष हुन्’ भनेका थिए।

जेम्स बोण्डको दाबेदारमा अभिनेता टम हार्डे अगाडि छन्। उनले 'लिजेण्ड’, 'म्याड मेक्सः फरी रोड’ जस्ता फिल्ममा अभिनय गरेका छन्। यी फिल्ममा उनले गरेको अभिनयका कारण पनि उनी बोण्ड बन्न कति सक्षम छन् भन्ने प्रष्ट्याउछ। ‘म क्रिस्टोफर नोलनको साथ बोण्डमा अभिनय गर्न चाहन्छु। यो आफैंमा गजब हुनेछ’, उनले भनेका छन्।

Laxmi sunrise bank
kumari

अर्को सम्भावित अनुहारमा ४९ वर्षे इडरिस एल्बा पनि छन्। ‘द वायर’मा स्ट्रिन्जर बेलको भूमिकाले उनलाई अत्याधिक लोकप्रिय बनायो। तर उनको उमेरलाई अभिनयको सम्भावित अवरोध मानिन्छ। जो एक दशकको लागि ठोस भूमिका लिन चाहन्थे। सन् २०१६ को एक कार्यक्रममा उनले ‘कारहरु, महिलाहरु, मार्टिनहरु। कसले त्यो गर्न चाहन्छ ? यो डरलाग्दो सुनिन्छ’ भन्दै ठट्टा गरेका थिए। उनले बोण्ड फिल्ममा यी सुविधा लिनका लागि आफैं धेरै पुरानो भएको स्वीकारेका थिए।

उमेरले ३३ मा हिँड्दै गरेका ब्रिजरटन स्टार रेगे–जीन पेज बोण्ड बन्नका लागि खराब अनुहार भविष्य होइनन्। उनी यस वर्ष रातो कार्पेटमा पाइला राख्दा ००७ का लागि अडिसन दिइरहेका थिए।

'गेम अफ थ्रोन्स’ स्टार रिचर्ड म्याडेन पनि जेम्स बोण्ड बन्ने दौडमा छन्। उनी बीबीसी ड्रामा ‘बडीगार्ड’बाट अभिनयमा उदाएका कलाकार हुन्।'म्याकमाफिया’ स्टार जेम्स नोर्टोन पनि बोण्ड बन्ने प्रतिष्पर्धामा छन्।

'फिफ्टी सेड्स अफ ग्रे’का आइरिस अभिनेता जेमी डोर्नेन पनि बोण्ड बन्ने दौडबाट बाहिर छैनन्। टेलिभिजन सिरिज ‘टेकन’ का क्लिभ स्टेण्डेन, 'क्रेजी रिच एसियन्स’ स्टार हेनरी गोल्डिङ, 'सुपरमेन’ अभिनेता हेनरी केभिललाई पनि सम्भावित नयाँ जेम्स बोण्डका रुपमा लिइएको छ।

प्रकाशित: Dec 25, 2021| 22:00 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।