शनिबार, वैशाख २२, २०८१

शेखर किन २० औं नम्बरमा परे?

‘सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्ने निर्णय भएको छ। कसैले विरोध गरे वरीयता हेरफेर होला।’
 |  शनिबार, पुस १०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, पुस १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शेखर कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा २० औं वरीयतामा राखिएको छ। कांग्रेसमा यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।

triton college

सभापतिका लागि भएको निर्वाचनमा देउवाले २७३३ मत पाएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका थिए। कुल ४ हजार ६२३ मत खसकोमा कोइरालाले ४० मत पाएका हुन्।

सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार वरीयता निर्धारणका लागि तीन वटा विकल्पमा छलफल भएको थियो। पहिलो विकल्प थियो– सभापति देउवा, रामचन्द्र र शेखरलाई राखेर वरीयता मिलाउने। यस्तै सभापति र पदाधिकारीपछि शेखरलाई राख्नुपर्छ भन्ने विकल्प पनि थियो। अर्थात् पूर्वपदाधिकारीभन्दा माथि शेखरलाई राख्नुपर्छ भन्ने विकल्पमा छलफल भएको थियो।

‘सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्ने निर्णय भएको छ। कसैले विरोध गरे वरीयता हेरफेर होला।’ 

तेस्रो चाहिँ सभापति, पदाधिकारी र पूर्वपदाधिकारीभन्दा शेखरको वरीयता निर्धारण भन्ने विषयमा छलफल भएको ती नेताले जानकारी दिए।  उनले भने, ‘सभापति देउवाले तस्रो विकल्प छान्नुभयो।’ अब अन्य पूर्वपदाधिकारी पनि केन्द्रीय समितिमा मनोनीत गर्दा कोइरालाको वरीयता अझै खस्किनेछ।

corrent noodles
Metro Mart

कांग्रेस वरीयतामा अहिले जितेका १३ पदाधिकारीपछि  शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिल थापा रहेका छन्। कोइराला, केसी, महत, यादव र थापा पूर्वपदाधिकारी हुन्। त्यसपछि शेखर कोइरालाको नाम छ। 

ती पदाधिकारीले भने, ‘सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्ने निर्णय भएको छ। कसैले विरोध गरे वरीयता हेरफेर होला।’ 

कांग्रेस विधानले सभापतिका निकटतम प्रत्यासीलाई वरिष्ठ नेताका रूपमा राख्नुपर्ने व्यवस्था गरेको छैन। विधानले पार्टीको कुनै पनि पदमा पराजित भएपछि स्वतः निर्णायक भूमिकाबाट बाहिरिनुपर्ने र पुनः महाधिवेशन प्रक्रियाबाट आउने सक्ने व्यवस्था गरेको छ।

तर कांग्रेसमा ११ औं महाधिवेशनपछि सभापतिमा पराजित नेतालाई ‘वरिष्ठ नेता’ का रुपमा सम्मान गर्ने चलन रहँदै आएको छ। त्यसयताका महाधिवेशनमा जो सभापतिको निकटतम प्रतिद्वन्द्वी हुन्छ, उसलाई वरिष्ठ नेता मानिँदै आएको छ। 

१२ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा चुनिएका सुशील कोइरालाका निकटतम प्रतिद्वन्द्वी रहेका देउवा वरिष्ठ नेता कहलिएका थिए।

 १३ औं केन्द्रीय महाधिवेशनबाट देउवा सभापति चुनिँदा निकटतम प्रतिद्वन्द्वी रहेका पौडेल वरिष्ठ नेता बने। पदाधिकारीपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह र त्यसपछि सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलालाई राखेका थिए। यसपटक भने सभापतिका प्रत्यासी कोइरालालाई केन्द्रीय सदस्यहरूको शीर्षस्थानमा राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विधानमा केही व्यवस्था नभएकाले पार्टी निर्णयमा वरिष्ठ नेताको कुनै भूमिका हुँदैन। वरिष्ठ नेताको भूमिका कागजी प्रक्रियामा पनि केन्द्रीय सदस्यकै हुन्छ। 

एक नेता भन्छन्, ‘विधानमा वरिष्ठ नेता भन्ने व्यवस्था छैन। व्यवहारमा मात्रै त्यो प्रयोग भएको हो।’ कांग्रेसको विधानअनुसार महाधिवेशनले १६८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ। 

प्रकाशित: Dec 25, 2021| 15:20 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...