जुम्ला- कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ।
दसैंमा घर बिदामा गएका कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन्। तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन।
आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताए।
कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गरेका छन्। दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी अभाव भएको छ। -न्युज कारखाना