मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हो।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

कपिलवस्तु- अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हो।

बुद्धभूमि नगरपालिकाले प्रदेश सरकारलाई कार्यालय राख्ने स्थानको विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ। नगरप्रमुख केशवकुमार श्रेष्ठले दुवै जिल्लाको साझा स्थल बुद्धभूमि २ गोरुसिङ्गे रहेको बताएका छन्। 

श्रम, रोजगार, यातायात व्यवस्थामन्त्री मगरले प्रदेश सरकारले सबैको पायक पर्ने गरी कार्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने बताइन्।

कार्यक्रममा मन्त्रालयका सचिव दीपकराज नेपालले यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको लागि कपिलवस्तु नगरपालिकामा निर्णय भएको बताए। कार्यालय राख्नको लागि कपिलवस्तु नगरपालिकाबाट पटक पटक डेलिकेशन समेत आएको बताइएको छ।

सेवा कार्यालयबाट सवारी दर्ता बुक नवीकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नवीकरण र अस्थायी इजाजत पत्र (पटके)को काम हुने बताइएको छ। प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो।  -न्युज कारखाना


प्रकाशित: Dec 25, 2021| 10:20 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।