मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीति कार्यान्वयनमा पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन

वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीति कार्यान्वयनमा पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन

वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका लागि पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन भएको छ ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका  लागि पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन भएको छ।

संविधानमा 'स्वच्छ वातावरणमा बाच्न पाउने हक'लाई मौलिक हकमा समावेश गरे पनि नेपालमा वायु प्रदूषणसँगै वातावरणीय मुद्दा पेचिलो बन्दै गएका बेला नागरिक समाज, संघसंस्था, विश्वविद्यालय, नेपाल वातारण समाजका प्रतिनिधिको उपस्थितिमा काठमाडौंमा भएको एक भेलाले एलायन्स गठन गरेको हो। 

नेपाल पानी सदूपयोग फाउन्डेसनका डा. चिरन्जीवी भट्टराईको संयोजकमा रहेको एलान्यसमा त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागका डा. रमेश सापकोटा, राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)का भोला भट्टराई, वातावरणीय सुशासन कार्य समूहका किरण तिमिल्सिना, नेपाल वातावरण समाजका सन्तोष खनाल, इको कनेक्सन नेपालका कामना भट्टराई  र दिगो विकास इन्स्टिच्युटका आरति पौडेल सदस्य छन्। 

यम बम  प्रेस संयोजकमा चयन भएका छन् भने युथ एलाएन्स फर इन्भायरोमेन्टका अन्जु पोख्रेलसदस्य सचिव बनेकी छन्।

प्राम्भिक चरणमै रहेको एलाएन्सको सचिवालय युथ एलायन्स फर इन्भायरोमेन्टले गर्ने छ भने अलाएन्सको कार्यविधि बनाउन प्रतिनिधि चयन गरिएको हो। एलायन्सले प्रेस नोट जारी गर्दै  'क्लिन एयर एलाएन्स'मा आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान पनि गरेको छ।

प्रकाशित: Dec 25, 2021| 10:05 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।