काठमाडौं- गायक प्रकाश दूतराजको ‘जाम भो माइली सरर’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। असोज २१ गते घटस्थापनाका दिन दूतराजकै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले हालै करोड भ्युज पाएको हो।
दूतराजकै शब्द/संगीत रहेको गीत गायनमा शान्तीश्री परियारले साथ दिएकी छिन्। रोशनी कार्की र निक्स शर्मासँगै
अभिनयमा पनि प्रकाशलाई देख्न सकिन्छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोलाई चितवनमा छायांकन गरिएको थियो।
यसअघि पनि दूतराजका दुई गीत करोड क्लबमा प्रवेश गरेका थिए। ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ गीतलाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिसकिएको छ। बिहीबार साँझ तेस्रो गीत ‘जाम भो माइली’ले युट्युबमा करोड भ्युजको बिन्दु चुमेको हो।