काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ। २४ घण्टामै ३४९ जना निको भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९८ प्रतिशत छ।