मंगलबार, भदौ २, २०८३

क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।'
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ (पुस १०) मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।'

यस्तै बैठकले तत्कालीन शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।

प्रकाशित: Dec 24, 2021| 14:28 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।