मंगलबार, भदौ २, २०८३

तनहुँको चुनपहरामा 'रक क्लाइम्बिङ' महोत्सव

तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्मको सडक चार लेनको बन्दैछ। तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ। 

मुग्लिन-पोखरा चार लेन सडक आयोजनाअन्तर्गतको आँबुखैरनी-जामुने पुर्वी खण्डमा सडक फराकिलो पार्ने काम भइरहेको छ। सडक फराकिलो बनाउँदा बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको चुनपहरा भत्कने आशंकाले यहाँका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बद्ध संघसंस्था सशंकित छन्।

सहासिक पर्यटन 'रक क्लाइम्बिङ'का लागि प्रसिद्ध विमलनगरको चुनपहरा कुनै पनि हालतमा जोगाउनुपर्ने पक्षमा पर्यटनसँग सम्बन्धित संघसंस्था छन्। 

विमलनगरको चुनपहरा जोगाउन एक देखिएका संघसंस्थाले दबाब दिन पहिलोपटक 'रक क्लाइम्बिङ' महोत्सव नै आयोजना गरेका छन्।  शुक्रबार सुरु हुने 'रक क्लाइम्बिङ' महोत्सव सोमबारसम्म चल्नेछ। गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाले संयुक्त रूपमा महोत्सवको आयोजना गरेका हुन्। महोत्सवको शुक्रबार नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले उद्घाटन गर्दैछन्।

महोत्सवमा शुक्रबारदेखि 'रक क्लाइम्बिङ' प्रतियोगिता हुने आयोजक संस्था गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए। प्रतियोगिताअन्तर्गत महिला र पुरुष छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइनेछ। दुवै विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए।

उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ५० जनाले प्रतिस्पर्धा गर्नेछन्।

विमलनगरको चुन संरक्षण गर्दै प्रवर्द्धन गनुपर्छ भनेर दबाब दिन 'रक क्लाइम्बिङ' महोत्सव आयोजना गरेको ठकुरीले बताए। ‘विमलनगरको चुनपहरा रक क्लाइम्बिङका लागि सबै दृष्टिले उपयुक्त गन्तव्य हो। यसलाई भत्काउने होइन जोगाएर प्रवर्द्धनन गर्नुपर्छ। पहरा भत्काउन हुँदैन भन्ने सन्देश र दबाब दिनलाई महोत्सव आयोजना गरेका हौँ’, उनले भने।  -न्युज कारखाना

प्रकाशित: Dec 24, 2021| 13:53 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।