शुक्रबार, चैत ६, २०८२

हिउँदे बिदासम्बन्धी त्रिविले दियो यस्तो निर्देशन

त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। त्रिविले परिस्थिति अनुकूल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको हो।

National life

त्रिविले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निकायमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र प्रभावित नहोस् भन्ने अभिप्रायले जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै हिँउदे तथा वर्षे बिदामा समेत कक्षा सञ्चालन गर्न भनेको छ।

त्रिविले परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरिएकोमा चालू शैक्षिक सत्रको हकमा विद्यार्थीको नियमित पठनपाठन, परीक्षा एवं नियमित शैक्षिक गतिविधिमा प्रतिकूल प्रभाव नपर्ने गरी आ–आफ्नो क्याम्पसमा सञ्चालित कार्यक्रमको शैक्षिक सत्रलाई मध्यनजर गरी २०७८ पुस तेस्रो हप्तादेखि क्याम्पस÷विभागबाट सूचना प्रकाशन गरी सञ्चालन गर्न त्रिवि कार्यकारी परिषद्कोे बैठकले निर्णय गरेको हो।

यस्तो छ निर्णय

१. नियमित परीक्षा सञ्चालन यथावत् गराउने।

Laxmi sunrise bank
kumari

२. निकटमै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरूको कक्षा यथावत सञ्चालन गर्ने।

३. नियमित पठनपाठन सम्पन्न भइसकेकाहरूको हकमा शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदे बिदा दिने।

४. नियमित कक्षा सञ्चालनमा संलग्न हुनुपर्ने भई हिउँदे बिदा नपाउने शिक्षकलाई सट्टा बिदाको व्यवस्था गर्ने।


प्रकाशित: Dec 24, 2021| 13:35 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्