मंगलबार, भदौ २, २०८३

एसएसपी सुशील यादव आफ्नै निवासमा मृत फेला

उनको मृत्युको एकिन कारण भने खुलिसकेको छैन। प्रवक्ता कुवँरले भने, 'अहिले प्रारम्भिकरुपमा सुसाइड भएको देखिएको छ। यसबारे थप अनुसन्धान र आवश्यक कारबाहीका कामहरु अघि बढिरहेका छन्।'
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन्। उनको शव शुक्रबार बिहान आफ्नो निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन्। 

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुखसमेत रहेका यादवको मृत्युको कारणबारे अनुसन्धान भइरहेको कुँवरले जानकारी दिए। प्रवक्ता कुवँरले भने, 'प्रारम्भिक रुपमा सुसाइड भएको देखिएको छ। यसबारे थप अनुसन्धान र आवश्यक कारबाहीका कामहरु अघि बढिरहेका छन्।'

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा थिए।

प्रकाशित: Dec 24, 2021| 13:32 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।