काठमाडौं- भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको बाल प्रतिभा प्रस्फुटनका लागि जुनियर सिंगिङ स्टार कार्यक्रमको आयोजना गरेको छ।
पाँच कक्षा मुनीका बालबालिकाको प्रतिभा प्रस्फुटनका विद्यालयले कार्यक्रमको आयोजना गरेको जनाएको छ। विगत एक महिनादेखि विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न क्लासका गायनमा उत्कृष्ट विद्यार्थीको छनोट गर्दै आएको थियो।
फाइनल राउन्डमा १० विद्यार्थीबीच प्रतिस्पर्धा हुन लागेको हो। फाइनलमा प्रतियोगिताको जजका रूपमा गायिका कुन्ती मोक्तान रहेकी छन्।
केही दिन पहिले प्राविधिक शिक्षामा जोड दिँदै ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यक्रम सञ्चालन गरेको स्कुलले आज जुनियर सिंगिङ स्टार आयोजना गरेको स्कुलका प्रिन्सिपल शुभाषचन्द्र भण्डारीले बताए। उनलाई विद्यार्थीहरूलाई समय सापेक्ष व्यावहारिक शिक्षा दिने उद्देश्यले पठनपाठनका साथै स्कुलले अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको बताएका छन्।
सिंगिङ स्टारले गायन प्रतिभा भएका विद्यार्थीहरूको क्षमतालाई सानैदेखि बाहिर ल्याउने र क्षमता अभिवृद्धिमा समेत टेवा पुर्याउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।
'हामीले विभिन्न चरणमा गरेर एक महिनाको अवधि लगाएर १० जना विद्यार्थी छनोट गरेका छौं। अन्तिम चरणमा उनीहरूबीच प्रतिस्पर्धा भइरहेको छ। उत्कृष्ट विद्यार्थीहरूलाई हामीले पुरस्कारको समेत व्यवस्था गरेका छौं,' भण्डारीले भने।