सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कार्की गाडी धनी हुन्।
सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अहिले प्रहरी घटनास्थल पुग्दैछ।