मंगलबार, भदौ २, २०८३

नवनिर्मित क्लिनिक भवन वडालाई हस्तान्तरण

समुदायलाई स्वास्थ्य सेवा सुलभ रुपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको हो।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

सिमकोट- सर्केगार्ड गाउँपालिकाले वडा कार्यालयलाई क्लिनिक भवन हस्तान्तरण गरेको छ। समुदायलाई स्वास्थ्य सेवा सुलभ रुपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको हो।

वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद जैसीले नयाँ भवन उपलब्ध भएपछि स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा सहज भएको बताए। सर्केगाड गाउँपालिका ७ का स्थानीय नागरिकको मागअनुसार क्लिनिकका लागि नयाँ भवन निर्माण गरी  हस्तान्तरण गरिएका स्नोल्यान्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए।

भवन निर्माणका लागि गुड नेवर्स इन्टरनेसनल नेपालको १५ लाख १ हजार ४६२, सर्केगार्ड गाउँपालिकाको ५ लाख र स्थानीयको जनश्रमदान ४ लाख ९६ हजार ७०८ रुपैयाँ लागत गरी २४ लाख ९८ हजार १७१ बजेट खर्च भएको छ।

क्लिनिकलाई आवश्यक भवन निर्माणका लागि त्रिपक्षीय लागत साझेदारी गरिएको र बिरामीको चेकजाँच र गर्भवती तथा सुत्केरीको उपचार गर्ने व्यवस्था गरिएको छ। भवनमा क्लिनिक सञ्चालनका लागि आवश्यक उपकरण, फर्निचर र सामग्री पनि सहयोग गरिएको जनाए।

क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा सामुदायिक क्लिनिक निर्माण भएर हस्तान्तरण भइसकेकाले सर्केगार्ड गाउँपालिका-७ अब आवश्यक थप दक्ष जनशक्तिका लागि गाउँपालिका र प्रदेश सरकारसँग माग गर्ने अध्यक्ष अध्यक्ष कृष्णप्रसाद जैसीले बताए।   -न्युज कारखाना  

प्रकाशित: Dec 24, 2021| 10:55 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।