मंगलबार, भदौ २, २०८३

पर्यटक लोभ्याउँदै गुफापोखरी

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

तेह्रथुम- पूर्वको टिएमजे (तिनजुरे,मिल्के र जलजले) क्षेत्रमा रहेको गुफा पोखरी पर्यटीयक रूपमा कहलिएको गन्तव्य हो। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल। आफ्नै छायाँ प्रतिबिम्बित हुने सुन्दर पोखरी। यही पोखरीमा दैनिक सयौँ पर्यटकहरू रमाई रहेका हुन्छन्। सानो र चिटिक्कै परेको गुफा बजार। यही बजारको नजिकै रहेको गुफापोखरीले पर्यटकहरूको मनै लोभ्याउने गरको छ।

खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ। जाडो सिजन सुरू भएसँगै हिउँ पर्न थालेपछि हिउँ खेल्ने पर्यटकहरूले यो पोखरी र आसपासका क्षेत्र सयौँको संख्यामा रमाइरहेका हुन्छन।

गुराँसको राजधानी तिनजुरे,मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वकै एक परिचित पर्यटकीय गन्तव्यको रूपमा चिनिने गर्छ समुद्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ।  पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरुले बताउने गरेका छन्।

प्राकृतिक सुन्दरताले नै पर्यटकहरूलाई आकर्षण गर्ने गरेको स्थानीय फुजुङ सेर्पाले बताए। ‘यहाँ वर्षभरि पर्यटक आउँछन्। मेन्छ्यायेम डाँडा र पोखरीमा रमाएर प्रफुल्लित हुँदै फर्किन्छन्', उनले भने, ‘कोरोनाले गर्दा पर्यटकहरूको चाप घटेको थियो। कोरोना कम भएपछि पर्यटक आउन सुरु भएको छ। ’

तेह्रथुमको वसन्तपुर बजारदेखि सुरु भएका दर्जनौँ पर्यटकीय गन्तव्यहरुले पर्यटकहरुलाई आकर्षण गर्दै आएको छ। आरआर गार्डेन,पाथीभरा मन्दिर, तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी, गुफाबजार, मेन्छ्यायेम डाडाका साथै प्राकृतिक सुन्दरताहरूले मनै लाभ्याउने गरेका छन्।  -न्युज कारखाना

प्रकाशित: Dec 24, 2021| 10:40 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।