मंगलबार, भदौ २, २०८३

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

कावासोती- बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए। दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन्।

गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो। अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए।

बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पुर्‍याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरी निकुञ्जमा लैजान डिभिजन वन कार्यालयमार्फत पत्राचार गरिसकेको गाउँपालिका अध्यक्ष जिसीले बताए। 'बाघका कारण स्थानीयवासी त्रसित भएका छन्, नियन्त्रणका लागि हामीले डिभिजन वन कार्यालयमार्फत निकुञ्जलाई पत्राचार गरिसकेका छौँ', उनले भने, 'बाघ नियन्त्रणमा लिएर निकुञ्ज नलैजाने समयसम्म गाउँपालिकावासीलाई  सतर्क रहन आग्रह गरेका छौँ।' 

विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिकासहित गैँडाकोट नगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा सधैँजसो वन्यजन्तुको त्रास रहने गर्दछ। - रासस

प्रकाशित: Dec 24, 2021| 08:51 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।