मंगलबार, भदौ २, २०८३

धनगढीमा तय क्यानको साधारणसभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान) ले यहि पौष १४ र १५ गते धनगढीमा गर्ने तय गरेको वार्षिक साधारणसभा स्थगित गरेको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले  यहि पौष १४ र १५ गते धनगढीमा गर्ने तय गरेको वार्षिक साधारणसभा स्थगित गरेको छ। 

क्यानले बिहिबार राति निर्घारित समयमा हुने साधारण सभा केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारण सभा हुने बताएको छ। यस्तै क्यानले नयाँ मिति तय गरि साधारणसभा गर्ने जनाएको छ। 

'वार्षिक साधारण सभा नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाइ उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ', क्यानले भनेको छ। 

बुधबारमात्रै क्यानका बोर्ड सदस्य ऋषि दाहालले  क्यानको साधारण सभा वैधानिक नभएको बताएका थिए। 

प्रकाशित: Dec 24, 2021| 06:45 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।