मंगलबार, भदौ २, २०८३

अवैध १८ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १८ लाखभन्दा बढी रुपैयाँसहित कैलालीबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

धनगढी- स्रोत नखुलेको १८ लाखभन्दा बढी रुपैयाँसहित कैलालीबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। १८ लाख २७ हजार नेपाली रुपैयाँसहित भारत उत्तर प्रदेश लखिमपुर खिरी निवासी निरज राजपुत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

धनगढी उप–महानगरपालिका–२ त्रिनगर भन्सारस्थित गौरीफन्टा नाका हुँदै धनगढीतर्फ आइरहेका उनले ज्याकेटभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनलाई कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। भन्सारले उनीमाथि सम्पत्ति शुद्धीकरणको कारबाही प्रक्रिया अघि बढाइने बताएको छ।

नेपाल राष्ट्र बैकले तोकेकोभन्दा बढी रकम भएको लिएर सीमा वारपार गरेको र सो रकम सही रुपमा कुनै किसिमको उद्घोषण नगरी भारतबाट नेपाल ल्याइएको हुँदा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइने कैलाली भन्सारको भनाइ छ। 

प्रकाशित: Dec 23, 2021| 19:05 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।