मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सभापतिसहित १७ जनाको प्रतिनिधित्व

कांग्रेस केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सभापतिसहित १७ जनाको प्रतिनिधित्व

नेपाली कांग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो।
 |  बिहीबार, पुस ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

vianetvianet

धनगढी- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित १७ जना केन्द्रीय समितिमा विजयी भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो। 

triton college

सुदूरपश्चिमबाट सभापति, एक सहमहामन्त्री र खुला केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन्। यस्तै खुला महिला केन्द्रीय सदस्यमा दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक जना, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका हुन्।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा (डडेल्धुरा) १४ औं महाधिवेशनमा पनि सभापतिमा निर्वाचित भएका छन्। बाजुराका बद्रीप्रसाद पाण्डे सह–महामन्त्रीमा निर्वाचित भएका छन्। यसअघि केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रहेका पाण्डे सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन्। पाण्डेय शेखर कोइराला प्यानलका हुन्।

खुला केन्द्रीय सदस्यमा एनपी साउद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद बडू (दार्चुला) र नैनसिंह महर (डडेल्धुरा) विजयी भएका छन्। साउद, लेखक र महर देउवा पक्षीय हुन् भने बडू कोइराला पक्षका हुन्। साउद, लेखक र वडू यसअघि केन्द्रीय सदस्य भइसकेका हुन् भने नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य महर पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

खुला महिला केन्द्रीय सदस्यमा कैलालीकी डाक्टर आरजू राणा ‘देउवा’ र ईश्वरी न्यौपाने निर्वाचित भएका छन्। संविधानसभा सदस्य राणा २०७४ सालमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेकी थिइन्। कैलाली क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि न्यौपाने भने यसअघि पनि केन्द्रीय सदस्य भइसकेकी छिन्उ। न्यौपाने पनि देउवा पक्षका हुन्।

National life insurance

प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र ‘भट्ट’ र कैलालीकै डाक्टर रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन्। डाक्टर रावल सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। सुशीला मिश्र ‘भट्ट’ धनगढी उपमहानगरपालिकाकी उपप्रमुख हुन् भने जोशी महेन्द्रनगरका पूर्व नगर प्रमुख हुन्। मिश्र, रावल र जोशी देउवा पक्षका हुन्। 

महिला थारुतर्फ कैलालीका जीवन राना र थारु खुला केन्द्रीय सदस्यमा कैलालीकै रामजनम चौधरी निर्वाचित भएका छन्। चौधरी यसअघि केन्द्रीय सदस्य भई पटकपटक मन्त्रीसमेत भइसकेका छन् भने राना गएको निर्वाचनमा प्रदेशसभा सदस्य उठेकी थिइन्। राना र चौधरी देउवा पक्षका हुन् 

पिछडिएको क्षेत्रबाट देउवा पक्षका अर्जुनजंगबहादुर सिंह (बझाङ) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सांसद, राज्यमन्त्री तथा राजदूत समेत भइसकेका सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पहिलो पटक पुगेका हुन्। केन्द्रीय सदस्य दलित खुलाबाट देउवा पक्षका धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र कोइराला पक्ष प्रतिनिधिसभा सदस्य प्रकाश स्नेही रसायली (वझाङ) निर्वाचित भएका छन्। खस आर्यबाट पनि देउवा पक्षका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह निर्वाचित भएका छन्।

प्रकाशित: Dec 23, 2021| 17:36 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।