बुधबार, जेठ २७, २०८३

स्वास्थ्यको १० वर्षे जनशक्ति योजनाबारे सुझाव माग्दै ४३ संघसंगठनलाई पत्राचार

आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न ल्याइएको रणनीति कार्यान्वयनमा लैजान सुझाव माग गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८
National life
Shivam cement

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी १० वर्षका लागि आवश्यक पर्ने जनशक्ति योजनाबारे सुझाव दिन आग्रह गरेको छ। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित र क्रियाशील रहेका ४३ वटा पेशागत तथा विषयगत संघ/संगठनलाई पत्राचार गर्दै जनशक्तिको आकलनका लागि सुझाव दिन मन्त्रालयले आग्रह गरेको हो। 

आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न ल्याइएको रणनीति कार्यान्वयनमा लैजान सुझाव माग गरिएको मन्त्रालयले उल्लेख गरेको छ। 

‘रणनीतिको कार्ययोजना अनुरुप स्वास्थ्य मन्त्रालयले आगामी १० वर्षको लागि नेपालमा आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको आकलनलाई वैज्ञानिक रुपमा अपडेट गर्ने तथा सोही आधारमा उत्पादन, विकास र परिचालन गर्ने योजना लिएको हुँदा यस रणनीतिको अनुसूची १ मा राखिएको स्वास्थ्य जनशक्तिको आकलन बमोजिम नेपालमा आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको विवरण बारेमा वैज्ञानिक आधारसहित १५ दिनभित्र इमेल मार्फत राय सुझाव पेश गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले ती संघ/संगठनलाई पठाएको पत्रमा उल्लेख छ। 

प्रकाशित: Dec 23, 2021| 16:47 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्