काठमाडौं- काठमाडौंस्थित रत्न राज्य क्याम्पसमा अनेरास्ववियु कमिटीको भेलामा झडप भएको छ।
कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीबीच भनाभनपछि झडप भएको हो।
झडपपछि विस्तारित भेला स्थगित गरिएको अनेरास्ववियु आर आर कमिटीले जानकारी दिएको छ।